‘पुस १३ को विरोध प्रदर्शन देउवाकोे औपचारिकता मात्र’

sher Bahadur Deuwa
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। पुस १० मा स्थगित गरिएको केन्द्रीय समिति बैठक आइतबार फेरि बस्न लागेको हो।

दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकलाई अरू केही दिन लम्ब्याउने रणनीतिमा सभापति शेरबहादुर देउवा रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेताहरुको आशंका छ। सभापति देउवाले औपचारिकताका लागि मात्र पुस १३ गते विरोध प्रदर्शन गरेको उनीहरुको बुझाई छ।

प्रतिनिधिसभा विघटनपछि सडक संघर्ष कि चुनाव भन्ने विषयमा विभाजित कांग्रेसमा पौडेल पक्षले सडक संघर्षमा जानुपर्ने बताइरहँदा देउवा भने अदालतको निर्णय पर्खनुपर्ने बहाना बनाउँदै आइरहेका छन्। आजको बैठकमा पनि पौडेल पक्ष सडक संघर्षमा जान सभापति देउवालाई दबाब दिने तयारी गरेका छन्।