प्रधानन्याधिशलाई नैतिक र कानुनी प्रश्न, आफैँविरुद्धको रिटमा इजलासमा बस्ने कि नबस्ने ?

Cholendra Samser jabara
लोकपाटी न्यूज

प्रधानन्यायाधीशसमेत रहेको संवैधानिक परिषद्ले गरेका नियुक्तिका निर्णयमाथि परेको रिट सर्वोच्चको संवैधानिक इजलासमा छ, आफैँलाई समेत विपक्षी बनाइएको रिटको सुनुवाइमा प्रधानन्यायाधीश बस्न मिल्छ रु एक पूर्वप्रधानन्यायाधीश भन्छन्– म भए बस्ने थिइनँ, बरु बृहत् इजलासमा पठाउथेँ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायिक र नैतिक सिद्धान्तको कति ख्याल गर्लान् रु यो प्रश्न गम्भीर रूपमा किन उठेको छ भने उनीसमेत सहभागी भएर संवैधानिक परिषद्ले गरेको निर्णय अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेको छ । प्रधानन्यायाधीश पनि यो इजलासमा छन् ।

संवैधानिक इजलास प्रधानन्यायाधीशको सहभागितामा हुने संवैधानिक व्यवस्था छ । तर, संवैधानिक निकायमा पदाधिकारी सिफारिससम्बन्धी निर्णयविरुद्ध परेका दुई रिटमा प्रधानन्यायाधीश स्वयंलाई समेत विपक्षी बनाइएको छ । केही संविधानविद्हरूले भने आफैँ विपक्षी भएको मुद्दामा आफैँलाई पेसी तोक्नु नैतिकताका हिसाबले गलत रहेको बताएका छन् । स्वार्थ बाझिएकाले प्रधानन्यायाधीश राणाले उक्त मुद्दा हेर्न नमिल्ने उनीहरूको तर्क छ ।

यस्तो रिटलाई बृहत् इजलासबाट टुंगो लगाउनु उपयुक्त हुने एक पूर्वप्रधानन्यायाधीश पनि भनाइ छ । ‘उहाँले कारण देखाएर इजलासमा नबस्न मिल्छ । वरिष्ठतमलाई जिम्मा लगाएर रोस्टरमध्येका एकजनालाई थपेर पाँचजनाको संवैधानिक इजलासबाट यो रिट किनारा लगाउन सकिन्छ,’ उनले भने । नत्र इजलासमा स्वार्थ बाझिएको कुरा निवेदकबाट उठ्ने उनले बताए ।

संविधानविद्हरूका अनुसार राणाले यो इजलासमा आफू नबस्न सक्छन् । ‘यसका लागि आफू बिदामा बसेर वरिष्ठतम न्यायाधीशलाई जिम्मेवारी दिने अवसर प्रधानन्यायाधीशलाई छ । तर, यो नैतिक प्रश्न पनि हो, यसको निर्णय गर्ने उहाँ आफैँ हो,’ एक पूर्वप्रधानन्यायाधीश भन्छन् ।

उनका अनुसार प्रधानन्यायाधीशले आपैmविरुद्धको रिटमा निर्णय गर्न मिल्दैन । ‘नामै राखेर विपक्षी बनाइसकेपछि इजलासमा नबसेकै बेस । आफैँ मुद्दाको पक्ष भएपछि अर्कोलाई नेतृत्व गर्न दिनुपर्ने हो,’ उनको सुझाब छ, ‘उहाँ ९प्रधानन्यायाधीश राणा० कारण देखाएर इजलासमा नबस्न पनि मिल्छ । मैले हेर्दिनँ भन्न पनि पाउनुहुन्छ । मेरो पाला भएको भए म इजलासमा बस्ने थिइनँ । बरु यो रिटलाई बृहत् इजलासमा पठाइदिन्थेँ । उहाँलाई पनि त्यो अवसर छ ।’

संविधानले प्रधानन्यायाधीशविरुद्ध पनि रिट पर्छ भन्ने परिकल्पना नै नगरेका कारण अहिलेको अवस्था आएको संविधानविद् पूर्णमान शाक्यले बताए । ‘उहाँ आफैँले संवैधानिक इजलासको नेतृत्व गर्ने भएकाले अप्ठ्यारो परिस्थिति छ । संविधानले उहाँकै नेतृत्वमा इजलास रहने भनेको छ । तर, स्वार्थ बाझिने स्थिति पनि छ । उहाँ इजलासमा नबसे पनि संविधानको उल्लंघन हुन्छ,’ उनले भने ।

उता, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भन्छिन्, ‘बहुमतबाट निर्णय हुने हुनाले अन्य न्यायाधीश मिलेर पनि फैसला गर्न सक्छन् र त्यसमा प्रधानन्यायाधीशले चाहेमा फरक राय राख्न सक्नुहुन्छ ।’

निवेदकमध्येका एक अधिवक्ता ओमप्रकाश अर्यालले भन्छन्, ‘प्रधानन्यायाधीश पनि विपक्षी हुनुहुन्छ । उहाँ सम्मिलित परिषद्को बैठकले गरेको नियुक्ति खारेजीको माग गरिएको छ । हरेक शुक्रबार यो पेसीमा परिरहेको छ । उहाँले हेर्न नपाउनुपर्ने हो ।’ अर्यालको तर्कमा सही थप्छन् अर्का निवेदक दिनेश त्रिपाठी । उनको भनाइ छ, ‘मैले उहाँलाई नामै किटेर विपक्षी बनाएको त छैन । तर, संवैधानिक परिषद्लाई विपक्षी बनाएपछि सदस्य भएका कारण उहाँ निश्चय पनि जोडिनुहुन्छ ।’

वरिष्ठ अधिवक्ता त्रिपाठीको मत पनि यही छ । ‘संवैधानिक परिषद्को सदस्य अनि संवैधानिक इजलासको अध्यक्ष हुनुहुन्छ, अवस्था जटिल छ,’ उनले विकल्प सुझाए, ‘तर, उहाँले यसलाई बृहत् इजलासमा पठाउन मिल्छ । सबै कुरा संविधानमा लेखिएको हुन्न । आफैँले व्याख्या गर्दै फुकाउँदै जाने हो, परम्परा बसाउँदै जाने हो ।’ सर्वोच्च अदालत नियमावली, २०७४ अनुसार बृहत् पूर्ण इजलासमा पाँचजना वा त्यसभन्दा बढी न्यायाधीश रहन्छन् ।

संवैधानिक इजलासमा परेका दुवै रिटमाथि ३ पुसका लागि पेसी तोकियो, तर त्यस दिन ‘हेर्न नभ्याइने’ सूचीमा राखियो । पछिल्लोपटक गत शुक्रबारका लागि पेसीमा परेको थियो, तर यसपटक पनि रिट ‘हेर्न नभ्याइने’ सूचीमा प¥यो ।

संविधानको धारा १३७ मा संवैधानिक इजलासको गठनबारे व्यवस्था छ । जसको उपधारा ९१० मा भनिएको छ, ‘सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ । त्यस्तो इजलासमा प्रधानन्यायाधीश र न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य चारजना न्यायाधीश रहनेछन् ।’

सरकारले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ राष्ट्रपति विद्यादेवी भण्डारीले ३० मंसिरमा जारी गरेकी थिइन् । त्यही साँझ अध्यादेशअनुसार बसेको परिषद् बैठकले तीन दर्जनभन्दा बढी संवैधानिक पदमा नियुक्तिको सिफारिस गरेको थियो ।

अध्यादेश ल्याएको भोलिपल्टै १ पुसमा त्यसको खारेजी र सिफारिस गरिएका सबै नियुक्त बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट परे । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले छुट्टाछुट्टै दायर गरेका रिटमा प्रधानन्यायाधीश राणालाई पनि विपक्षी बनाइएको छ ।

पहिलेको ऐनमा परिषद्का अध्यक्षसहित ६ सदस्यमध्ये पाँच उपस्थित भए मात्र गणपूरक संख्या मानिने र निर्णय लिन सकिने व्यवस्था थियो । त्यसलाई संशोधन गरेर तीनजना उपस्थिति भएमा बैठकको गणपूरक संख्या पुग्ने गरी अध्यादेश ल्याइएको छ ।

अध्यादेश आएपछिको बैठकमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र सदस्यद्वय प्रधानन्यायाधीश जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी थिए । यही बैठकले संवैधानिक पदमा नियुक्तिको सिफारिस गरेको थियो । परिषद्का सदस्य रहेका सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए । त्यस्तै, परिषद्को सदस्य रहने उपसभामुख पद अहिले रिक्त छ । नयाँ पत्रिकामा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्