अब नेकपालाई विभाजनबाट रोक्‍न सकिन्‍नः पौडेल

Bishnu_Paudel
लोकपाटी न्यूज

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले नेकपालाई अब विभाजनबाट जोगाउन सम्भव नभएको बताएका छन्। शनिबार बागमतीमा आयोजित कार्यकर्ता भेलामा पौडेलले शीर्ष नेतृत्व विभाजन गर्न लागि परेकाले अब पार्टीलाई विभाजनबाट जोगाउन सम्भव नभएको बताए।

पौडेलले संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जान गरेको निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने बताए। आफ्नै पार्टीको घेराबन्दी र असहयोगका कारण प्रतिनिधि सभा विघटन गर्नुपरेको उनको दाबी छ।

सरकारको लोकप्रिय काम पार्टीकै नेताहरूलाई अपच भएपछि जनतामा जाने गरी प्रतिनिधि सभा विघटन भएको पौडेलले बताए। उनले पार्टीको सचिवालय बैठकमा पेस भएको आरोपपत्र नै पार्टी विभाजनको मुख्य कारण रहेको दाबी गरे।