महानगर कृषि तथा पशुपालनको क्षेत्रलाई व्यवस्थित गर्न क्रियाशील छ : रेनु दाहाल

Renu Dahal
लोकपाटी न्यूज

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रित भएको बताएकी छिन्। भरतपुर ६ केसरबागमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ३७ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख दाहालले अन्नपूर्ण सहकारीले रचनात्मक काम गरिरहेको बताइन्।

सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सहकारीहरूको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउँदै उनले स्थानीय स्तरमा रोजगारी सृजना र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरू तय गरी अगाडि बढ्नुपर्ने बताइन्।भरतपुर महानगरपालिका कृषि तथा पशुपालनको क्षेत्रलाई व्यवस्थित र आधुनिकीकरण गर्न क्रियाशील रहेको बताइन्। भरतपुर महानगरपालिकाले उत्पादनका आधारमा अनुदानका साथै यान्त्रीकीकरणमा अनुदानको सूरूवात गरेको भन्दै प्राप्त अनुदानको सही सदुपयोग गरी प्रतिफल हासिल गर्नैपर्ने सर्त रहेको उनले बताइन्।

दूध किसानहरूलाई उत्पादनमा सहयोग पु¥याउन प्रतिलिटर एक रूपयाँ नगद अनुदान दिइरहेको बताउँदै यसले केही भए पनि दुग्ध उत्पादक किसानलाई उत्पादन बढाउन सहयोग प¥याएको विश्वास व्यक्त गरिन्। कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी प्रमुख दाहालले कृषिमा आत्मनिर्भर नहुँदासम्म हामीले लिएको लक्ष्य पूरा हुन नसक्ने बताउँदै यसलाइ पूरा गर्ने उद्देश्यका साथ कृषि र पशुपन्छीको क्षेत्रमा १० प्रतिशत बजेट बिनियोजन गरी कार्यन्वयनमा ल्याएको बताइन्। वैदेशिक रोजगारीबाट फर्किएकाहरूको लागि विदेशको सिप नेपालमा लगानी जस्ता कार्यक्रममार्फत् रोजगारी सृजना र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिएको भन्दै त्यसबाट लाभ लिन नगरबासीहरूलााई आग्रह गरिन्।

भूमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालयकी सचिव मनिता जोशी वैद्यले मुलुक दुधमा आत्मनिर्भर हुन नसकेको बताउँदै यसलाइ पूरा गर्न व्यवसायिक उत्पादनमा लाग्नुपर्ने बताइन्। परम्परागत कृषि उत्पादन प्रणालीलाइ सुधार गरी यान्त्रीकरण र व्यवसायिकीकरण गरेर बढाउनुपर्ने बताइन्। उनले गुणस्तरिय दुध उत्पादन आजको आवश्यकता भएको भन्दै दुधमा गुणस्तर कायम गर्न उत्पादक किसान तथा सहकारीहरूलाई आग्रह गरिन्। बागमती प्रदेशले किसानहरूका लागि नगद तथा यान्त्रिकीकरणका लागि विभिन्न अनुदान सहयोग गरिरहेको बताउँदै त्यसबाट लाभ लिन उत्पादकत्व वृद्धि गर्नुपर्ने उनको भनाइ थियो।

सो अवसरमा दुग्ध विकास बोर्डका सदस्य भागिरथ तिमिल्सिनाले किसानहरूको समस्या सरकारले सही ढंगले समाधान गर्न नसकेको बताउँदै उत्पादकत्व वृद्धि गर्न सक्ने नबिन कार्यक्रमहरू ल्याउनुपर्ने बताए। सदस्य तिमिल्सिनाले देशका स्थानीय तहमा पहिलो पटकभरतपर महानगरपालिकाले उत्पादनको आधारमा नगद अनुदानको व्यवस्था गरेको भन्दै भरतपुर महानगरपालिकालाइ धन्यवाद दिएका थिए। कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष हरीबिलास कोइरालाले सहकारी संस्थाहरू समय अनुकुल ब्यवस्थित र परिमार्जित हुँदै सरल र व्यवस्थित ढंगले सेवा प्रवाहमा केन्द्रित हुन आग्रह गर्दै अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्थाले नमुना सहकारीको रूपमा काम गरिरहेको बताए।

सहकारिका अघ्यक्ष ऋषिराम चापागाईले संस्थाको बार्षिक प्रगती बिवरण तथा आय व्यय विवरण प्रस्तुत गरेका थिए । २०४१ सालमा दुग्ध संकलन केन्द्रको रूपमा सुरू भयको सहकारीले हाल दुध संकलन, प्रसोधन तथा बजारिकणका साथै उन्नत पशु फार्मकासाथै दाना उध्योग संचालन गरिरहेको छ। सो अवसरमा दुध उत्पादन गरेका किसान र उत्कृष्ठ बिक्रेताहरूलाई पुरस्कृत तथा सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्