पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री प्रभु साह सवार गाडी

Prabhu Sah
लोकपाटी न्यूज

काठमाडौं। सहरी विकासमन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक पैदल यात्रीलाई ठक्कर दिएर भागेको छ। मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको जिपले हरिवनस्थित पूर्व-पश्चिम राजमार्गमा पैदल हिँड्दै गरेका लालबन्दी नगरपालिका-८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

सर्लाहीका एसपी सन्तोष राठौरका अनुसार जिपको ठक्करबाट घाइते भएका तामाङको स्वास्थ्य अवस्था सामान्य छ। उनको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ। मन्त्री साह गृहजिल्ला रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनालगत्तै घाइते तामाङको उद्धार गर्न लाग्दा जिप भागेको थियो। ‘घटनाबारे हामीले माथि जाहेर गरिसकेका छौँ। घाइतेको अवस्था सामान्य छ,’ एसपी राठौरले भने। मन्त्री साहले सर्लाहीमा आफू चढेको गाडीले पैदलयात्रुलाई ठक्कर दिएको घटनाबारे ध्यानाकर्षण भएको बताएका छन्।

समाजिक सञ्जालमार्फत साहले सर्लाहीमा आफ्नो गाडीमा झुक्किएर लडेको व्यक्तिलाई केही नभएकोले ढुक्क भएर हिँडेको सामान्य विषय भएको बताएका छन्। उनले ‘ठक्कर दिएर भागे’ भनेर आफूलाई बदनाम गरिएको उनको दाबी छ। उनले प्रहरीले प्रहरीले आफ्नो गाडी भएको खुलेको भनी भ्रमपूर्ण अभिव्यक्ति दिएको दाबी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्