काठमाडौं। गृहमन्त्री रामबहादुर थापा बादलले केपी शर्मा ओलीको संसद विघटनको कदम राजनीतिक ‘कू’लाई रोक्ने साहसिक कदम भएको बताएका छन्।
शनिबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रतिगामीजस्तो देखिएपनि यो सही कदम भएको बताएका हुन्।
‘यो विवाद अहिले अदालतमा पुगेको छ। संवैधानिक थियो कि अग्रगामी हो कि प्रतिगामी हो भन्ने अदालतले फैसला गर्छ‚’ बादलले भने‚ ‘यो अग्रगामी कदम नै हो। भविष्यले यसलाई सही थियो भन्ने प्रमाणित गर्नेछ।
अदालतले पनि यही पक्षमा फैसला दिनेछ।’ यो बाह्य रुपमा प्रतिगमनको कदम देखिए पनि त्यस्तो नभएको दाबी उनले गरेका छन्।
देश समृद्धिको तीव्र दिशामा अघि बढेको उनले दाबी गरेका छन्। शान्ति सुरक्षा र पृथकवादी आन्दोलनसमेत समाप्त गरेको उनले बताए। राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताका विषयमा ऐतिहासिक उपलब्धी हाँसिल गरेको उनको दावी थियो। यसलाई अब छिटै पारित गर्ने उनले बताए। जनताको बीचमा गएर फेरि समृद्धिको दिशामा अघि बढ्ने उनले दाबी गरे। यो कदम सर्वत्र समर्थन भएको उनले बताए।



लोकपाटी न्यूज

