काठमाडौं। नेकपा प्रचण्ड-माधव पक्षले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। शनिबार पत्रकार सम्मेलन गरी प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो।
२४ पुसमा असवैधानिक कदम सच्याई देशबासीसँग क्षमायाचना गर्न माग गर्दै सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ। प्राधनमन्त्रीलाई ज्ञापनपत्रसँगै संविधानको पुस्तक पनि दिइनेछ।





लोकपाटी न्यूज

