हामी अझै पनि एकताको पक्षमा छौं : ईश्वर पोखरेल

ishwor-pokhrel pic
लोकपाटी न्यूज

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको बताएका छन्।

दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको बताए।

मजदूर विशेष जिल्ला कमिटीले यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्डले पार्टी कब्जा गर्ने गरी गतिविधि सञ्चालन गरेपछि गम्भीर समस्या देखा परेको बताए।

उनले आफूहरु अझै पनि एकताका पक्षमा रहेको उल्लेख गर्दै एकता कमजोर पार्न खोज्ने तत्वलाई उचित ढङ्गले जवाफ दिन तयार रहेको चेतावनी दिए।