काठमाडौं। नेकपाका केपी शर्मा ओली समूहले काठमाडौंमा ‘वृहत् कार्यकर्ता’ भेलाको आयोजना गर्ने भएको छ। ओली समूहको काठमाडौं जिल्ला समितिले शनिबार दिउँसो १ बजे वृहत कार्यकर्ता भेलाको आयोजना गर्न लागेको हो।
भेला नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी)मा आयोजना गर्न लागेको बताइएको छ। भेलालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
यसअघि पनि पार्टीले बालुवाटारमा र राजधानीको एक ब्यांकेटमा सुदूरपश्चिम प्रदेशस्तरीय भेला आयोजना गरेको थियो।



लोकपाटी न्यूज

