काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति गर्नेले आफू जोगी हुन तयार हुनुपर्ने बताएका छन्। शुक्रबार बालुवाटारमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘जोगी हुनलाई राजनीति गरेको होइन भनिन्छ तर भोगी हुन पनि राजनीति गरेको होइन” प्रधानमन्त्री ओलीले भने, “तर, राजनीति गर्नेले आफू जोगी हुन् तयार हुनुपर्छ ।’
‘राजनीतिलाई फोहोरी खेल भनिन्छ, अब राजनीति गर्ने पालो हाम्रै हो, के सुझाव दिनु हुन्छ ?’ भनेर सोधिएको र्पश्नाको जवाफ दिंदै प्रधानमन्त्री ओलीले राजनीति फोहोरी खेल नभएर फोहोरी खेल बनाएको बताए। बागमती आफै प्रदुषित बनेको नभई प्रदुषित बनाइएको उनले बताए।
जालझेल, कपट, बेइमानी, ढाकछोपलाई राजनीति ठान्न नहुने भन्दै उनले देश र जनताको सेवा गर्ने व्यक्तिका रूपमा लिनु पर्ने बताए। उनले भने, ‘राजनीति गर्नु भनेको त्याग गर्नु हो, कमाउनु होइन।’



लोकपाटी न्यूज

