कांग्रेस ‘रुल अफ ल’ मा विश्वास गर्छः नेता महर

Nain_Singh_Mahar
लोकपाटी न्यूज

कैलाली। नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सर्वोच्च अदालतमा प्रतिनिधिसभाको विघटनको मुद्दाले प्रवेश पाइसकेपछि अदालतको आदेश वा निर्णयलाई नेपाली कांग्रेसले पर्खेको बताएका छन्।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस ‘रुल अफ ल’ मा पनि विश्वास गर्ने र कानूनको राज्य भनेको नै प्रजातन्त्र भएकाले अदालतको आदेश वा निर्णयलाई पर्खेको बताए।

‘अदालतको आदेश, निर्देशन र फैसला जे आउँछ त्यही कुरा मानेर अगाडि बढ्छौं’, नेता महरले भने, ‘नयाँ प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नका लागि आफ्ना कदम अगाडि बढाउने छौँ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्