नयाँ तानाशाहलाई रोक्न संसद् विघटन गर्नुपर्‍योः मन्त्री श्रेष्ठ

KrishnaGopal_Shrestha
लोकपाटी न्यूज

ललितपुर। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले देशमा नयाँ तानाशाह आउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकास दिन संसद विघटन गरेको स्पष्ट पारेका छन्।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने र प्रधान न्यायधीश चेलेन्द्र शम्सेर जबरालाई महाअभियोग लगाउने तयारी भएपछि अन्तिम अवस्थामा बाध्य भएर संसद विघटन गरी चुनाव घोषणा गर्नुपरेको बताएका हुन्।

ललितपुरमा आयोजित कार्यकर्ता भेलामा मन्त्री श्रेष्ठले अबको निर्वाचनमा नेकपाले पुनः बहुमत ल्याउने दाबी गरे। ‘देशलाई ठूलो संकटबाट जोगाउन बाध्य भएर संसद् विघटन गर्नुपरेको हो, अबको निर्वाचनमा सबै एकजुट भएर लाग्नुको विकल्प छैन,’ उनले भने। उनले नेकपाको चुनाव चिह्न सूर्य भएको र आफूहरू त्यसै चिह्नबाट उठ्ने बताए।

जनताको बीचमा ताजा जनादेश दिएर बैशाख १७ र २७ गतेको चुनावमा खटिन उनले सबैलाई आह्वान गरे।