समस्या तपाईंको पार्टीमा, संसद् विघटन चैँ किन ? : जितेन्द्रनारायण देव

Jitendra_Narayan
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विषय राष्ट्रिय सभामा उठाएको छ। शुक्रबार राष्ट्रिय सभा बैठकमा कांग्रेसका सांसद जितेन्द्रनारायण देवले बहुमतको प्रधानमन्त्रीलाई संविधानले संसद विघटनको अधिकार दिएको व्यवस्था देखाउन चुनौति दिएका छन्।

उनले भने, ‘प्रधानमन्त्रीलाई पार्टीभित्र समस्या भयो। पार्टीभित्र कसैले काम गर्न दिएन। त्यो तपाईंको पार्टीको समस्या हो। देशको समस्या होइन। संसदको समस्या होइन।’ प्रधानमन्त्रीले कि त पार्टीभित्र बहुमत कायम गर्न सक्नुपर्थ्यो, कि त अल्पमतका परेपछि राजीनामा दिएर संसदीय दलको अर्को नेता बनाउन सक्नुपर्थ्यो भन्दै देवले आलोचना गरे।

‘तपाईं पार्टीभित्र समस्यामा पर्ने तर संसद्लाई विघटन गर्ने ? देशलाई खाल्डोमा जाकिदिने ? दुनियाँमा देशभक्त, लोकतन्त्रवादी र अग्रमन चाहने र जनताको प्रतिनिधि हामी नै हौं भन्नेहरुले यस्तो काम गर्दैन’, उनले भने। उनले संविधानको धारा धाराले संसदको सर्वोच्चतालाई स्थापित गरेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्