pic

निलकण्ठ र राधादेवी आचार्यद्वारा हरिहर मन्दिरलाई आर्थिक सहयोग

लोकपाटी न्यूज

चितवन। रत्ननगर १ निपनीमा रहेको गायत्री हरिहर मन्दिरलाई आर्थिक सहयोग गरिएको छ। रत्ननगर-१० कैलाश टोल निवासी सामाजिक व्यक्तित्व अर्जुन आचार्यको बुबा निलकण्ठ आचार्य र आमा राधादेवी आचार्यले गायत्री हरिहर मन्दिरमा नगद रु.५० हजार २ सय ५० सहयोग गरेका छन्।

स्व.पिता हरिदत्त आचार्य, माता स्व.जमुना आचार्य तथा छोरी स्व.मन्जु आचार्य रेग्मीको स्मृतिमा उक्त रकम मन्दिरलाई सहयोग गरेका सामाजिक अभियन्ता ज्ञानेन्द्रराज पाण्डेले जानकारी दिए।

गायत्री हरिहर मन्दिरको धनधान्यचलमा उक्त रकम सहयोग गरेका हुन्। उपमेयर बिमला दुवाडीले रकम सहयोग गर्ने दाताहरुलाई  प्रमाणपत्र दिँँदै सम्मान  गरेकी हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्