ओलीको अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले गर्‍यो खण्डन

Election Commission
लोकपाटी न्यूज

काठमाडौं। निर्वाचन आयोगले प्रचण्ड माधव पक्षले आयोगमा दिएको निवेदन फिर्ता गरेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गरेको छ।

प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्ड नेपाल पक्षको निवेदन रित नपुगेको भनेर हिजो फिर्ता पठाएको बताएका थिए।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निवेदन फिर्ता नभएको बताए। उनले भने– ‘कसले भन्यो आयोगमा आएको निवेदन फिर्ता भयो भनेर ? दर्ता भएको निवेदनपनि फिर्ता हुन्छ ?’

उनले भने– ‘भाषणको कुरा सोधेर नी हुन्छ, मानिलिँउ तपाईले हामीलाई अहिले एउटा निवेदन दिनुभयो भने के त्यो फिर्ता हुन्छ ? कहाँ फिर्ता हुन्छ ? आयोगमा आएर दर्ता भएको चिज रहिरहन्छ ।’

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि दुई पक्षमा विभाजन भएको नेकपाका प्रचण्ड–नेपाल पक्षले आफ्नो आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। त्यसमाथि छानविन भइरहेको आयोगले जनाएको छ।

यो पनि पढ्नुहोला

http://प्रचण्ड-नेपाल समूहको निवेदन निर्वाचन आयोगले फिर्ता पठाएको छ : ओली

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्