काठमाडौं। महानगरिय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ वटा मोटरसाइकल धनीलाई हस्तान्तरण गरेको छ। विभिन्न मितिमा विभिन्न स्थानबाट हराएका मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई दिएको हो।
मोटरसाइकल हस्तान्तरण आयोजित कार्यक्रममा चोरीको मोटरसाइकल खोज्न अहोरात्र खटिँदै आएका २ जना ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ।
कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले सवारी हराए पछि खोज्नु भन्दा धनी आफैँले आफ्नो सवारीको सुरक्षा गर्ने तर्फ सजग हुनु पर्ने बताए।
ट्राफिक महाशाखाले दुई महिना भित्र ४४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीको जिम्मा लगाएको र २२ जना मोटरसाइकल चोरलाई पक्राउ गरी कारबाही गरेको छ।



लोकपाटी न्यूज

