काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रचण्ड-नेपाल समूहको निवेदन फिर्ता गरेको बताएका छन्। ओलीले सूर्य चिह्न आफ्नो समूहले पाउने भएकाले निर्वाचन आयोगमा आफूहरु नगएको बताए।
उहाँहरुले निर्वाचन आयोगमा निवेदन दिनुभएको रहेछ। निर्वाचन आयोगले रिट नपुगेको र अनुचित निवेदन भनर रद्द गरेर फिर्ता पठाइदियो। उहाँहरुको आधिकारिक पार्टी हामी हौं भन्ने दाबी थियो। आयोगले कानून, व्यहोरा कानून नपुगेको भनेर फिर्ता पठाइदियो,’’ ओलीको जिकिर छ।
प्रचण्ड-नेपाल समूह चुनावमा जान डराएको भन्दै ओलीले प्रश्न गरे, ‘‘चुनाव नै हुँदैन भनिरहनुभएको छ किन चाहियो सूर्य चिह्न ?’ ०४८ देखि नै सूर्य चिह्न आफूहरुको रहेकाले पार्टीबाट अलग्गिएकाले नपाउने उनको भनाइ थियो। जनताले आधिकारिक को हुनेछ भन्ने देखाउने पनि उनले बताए।



लोकपाटी न्यूज

