संविधान र संघीयता डेन्जर जोनमा छः पोखरेल

Girirajmani pokhrel
लोकपाटी न्यूज

जनकपुरधाम। नेकपाका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र डेन्जर जोनमा रहेको बताएका छन्। ओलीको यस कदमले देश अराजकता, भ्रष्टाचार, व्यभिचार प्रवृति मौलाउने उनले बताए।

‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र डेन्जर जोनमा छ, ओलीको एकल सर्वसत्तावाद मानसिकताका कारण संविधानको पतन त हुने होइन भने हामीमा डर छ, हामीले विगतमा विभिन्न संघर्ष र लोकतान्त्रिक आन्दोबाट स्थापित संघीयता र समानुपातिक, धर्मनिरपेक्षता धरापमा परेको छ,’ पोखरेलले भने।

ओलीको एकल प्रवृतिले नेकपा विभाजनको दुःखान्त भोग्नुपरेको उनले बताए। संविधानमा संसद विघटन गर्न सक्ने अवस्था नभएपनि ओलीले जबरजस्ती जनतामा निर्वाचन लाद्न खोजिएको पोखरेलले बताए।