सानेपामा नेकपा, कांग्रेस र जसपाकाे सर्वदलीय बैठक सुरु

Sanepa-
लोकपाटी न्यूज

काठमाडौं। कांग्रेस कार्यालय सानेपामा सर्वदलीय बैठक सुरु भएको छ। संसद् विघटन भएपछिको परिस्थितिपछिका बारेमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको हो।

बैठकमा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन्।

कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशशरण महतलगायत सहभागी छन्। स्रोतका अनुसार जनता समाजवादी पार्टीका नेताहरू बैठकमा पुग्दै छन्।