काठमाडौं, ५ पुष,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
हिजो बसेको (प्रचण्ड पक्षको) स्थायी कमिटीको बैठकले मंसिर ७ गते बैठक बस्ने निर्णय गरेको थियो ।
प्रचण्डले ३ बजेका लागि बबरमहलमा बैठक बोलाएका छन् भने अोलीले बालुवाटारमै विहान ९ वजेका लागि बैठक बोलाएको बताइएको छ ।
नेकपा कार्यालय सचिव ईश्वर रिजालले भोलि बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बस्ने भनि सबै केन्द्रीय सदस्यलाई जानकारी पठाएको जानकारी दिए ।
संसद विघटनको विषयलाई लिएर पार्टीमा विवाद उत्पन्न भएपछि पार्टीका दुवै पक्षले आ–आफ्नो पक्षको भेला शुरु गरेका छन् । प्रधानमन्त्री अोली र अध्यक्ष प्रचण्डले आजै आ–आफ्ना पक्षका सांसदसँग छलफल गरेका छन् ।



लोकपाटी न्यूज

