विप्लव कार्यकर्ता माईतीघरबाट पक्राउ

biplab netra bikram chand
लोकपाटी न्यूज

काठमाडौं, ६ पुष, काठमाडौंको माइतीघर मण्डलाबाट एक जना विप्लव कार्यकर्ता पक्राउ परेका छन्।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा उषाकिरण आजाद भन्ने हर्कबहादुर विक छन्। महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टका अनुसार विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन्।

उनी प्रदर्शन गर्न निस्किएका हुन् वा होइनन् भन्ने यकिन नभएको डिएसपी विष्टले बताए। प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ।