संविधानविदको सुझाव : ओली कदम संविधानविपरित, स्टेप चाल्नुहोस्

kanun_bid_XatypPKwmz
लोकपाटी न्यूज

काठमाडौं। संविधान तथा कानुनविदहरुले केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम कुनै हालतमा संविधानसम्बत नभएको भन्दै संसद विघटन हुनै नसक्ने बताएका छन्।

सिंहदरवारमा नेकपाका कार्यकारी अध्यक्षसहितका नेताहरुको छलफलमा उनीहरुले संविधानले संसद विघटनको परिकल्पना नगरेको भन्दै ओलीको कदमविरुद्ध स्टेप चाल्न यस्तो सुझाव दिएका हुन्।

जनतालाई साथमा लिएर अघि बढ्नुस’, कानुनविदहरुले दिएको सुझाव उदृत गर्दै नेता यादवले भने। उनीहरुको सुझाव सुनिसकेपछि अध्यक्ष प्रचण्डसहितका नेताहरुले दलको बैठक र पार्टीमा छलफल गरेर आगामी स्टेप चाल्ने बताएका थिए।

छलफलपछि नेता मात्रिका यादवले भने, ‘संविधानले संसद विघटन गर्ने परिकल्पना गरेको छैन। संविधान विपरित संसद भंग भएको छ। त्यो अनुसार तपाइहरु स्टेप चाल्नुस्।

छलफलमा शम्भु थापा, प्रेम खड्का, राधेश्याम अधिकारीलगायत नेपाल बारका पदाधिकारीहरु सहभागी थिए।