काठमाडौं, ६ पुष, ५५ बर्ष पुरानो पाँचतारे होटल डेल अन्नपूर्ण बन्द हुने भएको छ। दरबारमार्गको ४३.८६ रोपनी क्षेत्रफलमा फैलिएको होटलकि सञ्चालक सिर्जना राणाले आम्दानीभन्दा खर्च बढेको भन्दै होटल बन्द गर्ने निर्णयमा पुगेको बताएकी छन्।
राणा होटल एसोसिएसन (हान)कि अध्यक्षसमेत हुन।होटेलमा राणासंगै नेपाल ट्रस्टको ५ प्रतिशत लगानी रहेको छ। हाल होटलमा ३६० जना कर्मचारी कार्यरत रहेका छन्।
‘कोरोना महामारीका कारण होटल सञ्चालन बन्द भयो, कर्मचारीहरुलाई न्यूनतम तलब मात्रै दिइएको थियो । यसबीचमा पर्यटकहरुको आगमन पनि हुन सकेन र अझै लामो समयसम्म पनि यो अनिश्चित नै भयो,’ राणाले भनिन्, ‘त्यसैकारण होटलको सञ्चालन तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको हो ।
हालसम्म ५० जना पुराना कर्मचारीहरुले राजिनामा दिई विदा भईसकेको पनि सञ्चालक राणाले बताईन। कर्मचारीहरुलाई हालसम्मको तलब, सञ्चयकोष लगायतमा रहेको सम्पूर्ण रकम उपलब्ध गराउँदै राजीनामा दिन आग्रह गरिएको उनलेले जानकारी दिइन्।
‘लामो समयदेखि बन्द गर्ने योजना थियो तर व्यवसाय सामान्य हिसाबले चलिरहेकाले तत्कालै निर्णय लिन सकिएन, आम्दानीले कर्मचारीलाई तलब खुवाउन पुग्ने मात्रै तर आम्दानी नहुने अवस्था सिर्जना भएपछि तत्कालका लागि बन्द गर्ने नै निर्णय गरिएको हो,’ राणाले भनिन्।कोरोनाका कारण सन् २०२० मा पर्यटक नआएको र सन् २०२१ सम्ममा पनि त्यो अवस्था यथावत नै रहने देखिएकाले कर्मचारीहरुलाई रकम उपलब्ध गराएर विदाइ गर्ने निर्णय गरिएको उनको भनाइ छ ।



लोकपाटी न्यूज

