म अध्यक्ष हुँ, नेकपाले कार्वाही गर्नै सक्दैन : ओली

kp-sharma-oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड समूहले आफूलाई कार्वाही गर्ने कुनै अधिकार नभएको दावी गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकटका सांसदहरुको भेलामा प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष, संसदीय दलको नेता सबै आफू भएकाले कसैले कार्वाही गर्न नसक्ने दाबी गरेका हुन्।

ओलीले पार्टी एकताका समयमा चित्त नदुखाउन भनेर दोस्रो अध्यक्ष राखिदिएकाले दाहालको नेतृत्वमा हुने भेलाले आफूलाई कार्वाही गर्नै नसक्ने जिकिर गरे।

उनले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको पनि पार्टीभित्र घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिएपछि बाध्य भएर नयाँ जनादेशको निर्णय लिएको बताएका छन्। आफूले गरेको संसद विघटन अदालतले पनि उल्ट्याउन नसक्ने दाबी गरे।