बालुवाटारमा बसेको ओली पक्षको भेला सकियो

PM_KP_OLI
लोकपाटी न्यूज

काठमाडौं। बालुवाटारमा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षीयको भेला सकिएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको छलफल सकिएको हो।

ओलीले आफू पक्षीय नेतालाई सोमबार बालुवाटार बोलाएका थिए। भेलामा विघटित प्रतिनिधि सभाका १ सयभन्दा बढी सांसद तथा केन्द्रीय नेता सहभागी थिए।

भेलामा सबै पूर्वनेकपा एमालेका थिए। पूर्वमाओवादीतर्फबाट लेखराज भट्टमात्र सहभागी भएका थिए। हिजो संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि त्यसको विरोध सुरु भएको छ। यसै विषयमा छलफल गर्न ओलीले आफू निकटका नेतालाई बालुवाटार बोलाएका थिए।

यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ।