ओलीको भेला बादलद्वारा बहिस्कार

Ram-bdr-thapa-badal
लोकपाटी न्यूज

काठमाडौं। संसद विघटनसँगै नेकपा नेताहरु केपी शर्मा ओली कि पुष्पकमल दाहाल प्रचण्ड समूहमा लाग्ने भनेर कित्ता क्लियर गर्ने अभियानमा छन्। त्यसका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफूनिकट नेताहरुलाई परामर्शका लागि बोलाएका छन्।

सुरुबाटै खुलेका बाहेक केही नेताहरु अझै कुन कित्तामा लाग्ने भन्नेमा अझै अलमलमा छन्। त्यसैमध्येका पूर्व माओवादी समूहबाट गृहमन्त्री समेत भएका सचिवालय सदस्य रामबहादुर थापा बादल यदि पार्टी विभाजन भए कुन कित्तामा लाग्लान् भन्ने विषयलाई चासोका साथ हेरिएको छ। यद्यपि बादल हिजो दिनभरका घटनाक्रममा प्रचण्ड समूहका कार्यक्रममा कतै पनि सहभागी भएनन्। यति मात्रै होइन पूर्वमाओवादी समूहबाट मन्त्री भएका ५ जनाले राजनीनमा दिदाँ बादल र लेखराज भट्टले राजीनामा गरेनन्। यसअघि पनि बादल कुनै पनि समुहमा खुलिसकेका थिएनन्, तर ओलीलाई बढी साथ दिएका थिए। पार्टी विवाद चर्कदै जादा बादलले दुवै अध्यक्ष मिल्नुपर्छ भन्ने मध्यमार्गी लाइन समातेका थिए।

बुधबार प्रचण्ड समूहले बोलाएको स्थायी समिति बैठकमा समेत सहभागी नभएका बादललाई अहिले उनको समूहका धेरै नेताहरुले प्रतिगमनलाई सहयोग पुग्ने ओलीको कदमलाई साथ दिन छोडेर परिवर्तनकारी कित्ता प्रचण्ड नेपाल समूहमा आउन दवाव दिइरहेका छन्। ‘हामीले बादललाई ओलीको मतियार बन्नुहुन्न भनेर प्रेसर दिइरहेका छौ’ यसअघि मोहन वैद्यसँग छुटिएर माओवादी केन्द्रमा बादलसँगै आएका एक केन्द्रीय सदस्य भन्छन्, ‘हामी वैद्यबाट छुट्टिएर यता आएका ३५ जना केन्द्रीय सदस्य छौँ सवै ओलीको विपक्षमा छौँ । तर बादल खुल्नु भएको छैन। हामी उहाँलाई मनाउने प्रयास गरिरहेका छौ।’

उनका अनुसार ओलीको मतियार बन्नुभनेको प्रतिगमनलाई सहयोग गर्नु हो। त्यतिमात्रै होइन बादलका स्वकीय सचिव समेत रहेका सूर्य सुवेदी समेत बादलको कित्ताबारे केही बोलेका छैनन्। सुवेदीकी श्रीमति ज्ञानु बस्नेतसमेत नेकपा केन्द्रीय सदस्य हुन्। बस्नेतले ओलीको कदमको फेसबुकमार्फत विरोध गरिसकेकी छन्।

यसैबीच बादल समूहको बैठक अहिले मन्त्री निवास पुल्चोकमा बसिरहेको छ। बैठकमा नेताहरु देव गुरुङ, पम्फा भुषाल र हितमान शाक्य लगायतका नेताहरुले ओली कित्ता छाडेर प्रचण्ड कित्तामा जान पुनर्विचार गर्न आग्रह गरिरहेका छन्। यही बेला बालुवाटारमा ओलीले बोलाएको निर्वतमान सांसदहरुको भेलामा पनि बादल गएका छैनन्।

ओलीले बोलाएको भेलामा अत्यन्त थोरै मात्रामा सांसदहरुमात्रै सहभागी भएको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान आफूपक्षीय नेताहरुलाई बालुवाटार बोलाएका थिए। बिहान ९ बजे बोलाइएको भेलामा गृहमन्त्री थापा भने सहभागी भएनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्