प्रधानमन्त्री निकट निवर्तमान संसदहरुको भेला बालुवाटारमा सुरु

BaluwataR
लोकपाटी न्यूज

काठमाडौँ ६ पुष, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बालुवाटारमा बोलाएका छन्। काठमाडौंमा उपलब्ध सबै निवर्तमान सांसदहरूलाई बालुवाटार आउन खबर गरिएको थियो। बालुवाटारमा अहिले निवर्तमान सांसदहरुको छलफल सुरु भएको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिएका छन्।

“सबै उपलब्ध सांसदहरूलाई बालुवाटार आउन भनिएको थियो। धेरै त जिल्ला-जिल्लामा हुनुहुन्छ । कति बिरामी पर्नुभएको छ,” उनले भने, ‘‘काठमाडौंमा भएका निवर्तमान सांसदहरु आइपुग्नुभएको छ । छलफल भरखरै सुरु भएको छ ।’’
त्यस्तै आज नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक आह्‍वान गरेको छ।

प्रधानमन्त्रीले असंवैधानिक रूपमा गरेको संसद् विघटन र त्यसपछि उत्पन्‍न परिस्थितिका विषयमा छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक डाकेको हो ।

दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा डाकिएको बैठकमा संविधानले नै नदिएको अधिकार प्रधानमन्त्रीले नै प्रयोग गरेको र राष्ट्रपतिले पनि त्यसलाई अनुमोदन गरेपछि उत्पन्न संकटमा सर्वदलीय धारणा बनाउन बैठक बोलाएको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्