काठमाडौं, ५ पुष, नेपाली काङ्ग्रेसका नेता गगन थापाले संबैधानिक निकायमा भएको नियुक्त नमान्ने बताएका छन्। नेपाली कांग्रेसका नेता थापाले संवैधानिक निकायहरुमा जालझेलपूर्ण नियुक्ति सिफारिस भएको भन्दै त्यसलाई नमान्ने बताएका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको विरोधमा आइतबार साँझ नयाँ बानेश्वरमा आयोजित सभामा थापाले भने, ‘सिफारिसमा पर्नेहरुले बुझिराख्नुस्, तपाईहरुको सिफारिस केपी आली आयोगमा भएको होला, हामी मान्दैन।’
‘सन्काहा प्रधानमन्त्रीको सनकको शिकार बनेको प्रतिनिधि सभा ब्यूँताउने, पुनस्र्थापना गर्ने हाम्रो लडाईं, जुन बाटोबाट हुन्छ यसलाई पुनर्स्थपना गर्ने लडाईं हो,’ संसद विघटनको विरोधमा आइतवार कांग्रेसले काठमाडौंमा आयोजना गरेको कोणसभामा नेता थापाले भने, ‘सदन जसले प्रधानमन्त्री बनायो, उनको सनक र लहडमा भंग भएको छ। प्रधानमन्त्रीको सनकविरुद्ध हाम्रो प्रहार हो। सदन विघटन गर्ने प्रधानमन्त्रीविरुद्ध संघर्ष हो।’
नेता थापाले व्यवस्थामाथि आएका कालो बदल कांग्रेसको आन्दोलनका कारण हट्ने दाबी गरे।
नेता थापाले संसद्बाट निर्वाचित भएकी राष्ट्रपति विद्या भण्डारी आज केपी ओली ग्याङको सदस्य बनेको आरोप लगाए।



लोकपाटी न्यूज

