ओलीको साधारण सदस्यता समेत खारेज गर्न माग

KP Sharma Oli-33
लोकपाटी न्यूज

जनकपुरधाम। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निकट युवा संघ धनुषाले जनकपुरमा संसद विघटनको विषलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको कडा विरोध गरेको छ। आइतबार जनकपुरको जनक चोकमा विरोधसभा गर्दै युवा संघ धनुषाले प्रधानमन्त्री ओलीको नेकपाको साधारण सदस्यता समेत खारेज गर्न संयोजक सरोज यादवले माग गरेका छन्।

संयोजक यादवले प्रधानमन्त्री ओलीले लोकतन्त्रको विरुद्धमा संसद विघटन गरेर तानाशाही बन्न खोजेको आरोप लगाए। त्यस्तै, युवा संघ पूर्व केन्द्रीय सदस्य राजकुमार यादवले कम्युनिस्टको बदनाम प्रधानमन्त्री ओलीले गरेकाले कडा कारबाही गर्न माग गरे।

युवा संघ धनुषाले जनकपुरमा मोटरसाइकल र्‍याली निकालेर नगरमा परिक्रमा गर्दै जनक चोकमा विरोधसभा गरेको थियो। सो सभामा युवा संघका नेता अनिल पासवान र दिपक पटेल लगायतका नेताहरुले समेत प्रधानमन्त्री ओलीको कदमको व्यापक आलोचना गरेका थिए।