सुरक्षा प्रमुखहरुसँग ओली, दमन गर्ने रणनीति

KP Sharma Oli
लोकपाटी न्यूज

काठमाडौ, ५ पुष। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली विनै नेकपा स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली भने सहभागी नभएको नेताहरुले बताएका छन् । बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु मात्रै सहभागी छन् ।

प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले आज विहान बसेको मन्त्रिपरिषद बैठकमार्फत संसद विघटनको प्रस्ताव गरेका थिए । ४५ सदस्यी नेकपा स्थायी समितिमा ओली पक्षका १३ नेता मात्रै छन्।

त्यस्तै वालुवाटारमै अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा प्रमुखहरुसंग वालुवाटारमा नै छलफल गरिरहेका छन्। प्रतिनिधीसभाको विघटनपछिको घट्नक्रम र आगामी सुरक्षा रणनितीबारे छलफल गर्न सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाएको बताइएको हो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुहरूलाई छलफलका लागी बालुवाटर बोलाइएको हो।

प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सुरक्षा निकायका प्रमुखसँग छलफलका लागि उनीहरूलाई बालुवाटार बोलाइएको हो। प्रतिनिधि सभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति र त्यसका कारण सुरक्षामा आउन सक्ने चुनौतीका विषयमा छलफल हुने बुझिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने सुरक्षा प्रमुखसँगको छलफल नियमित भएको बताए।

नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै चारवटै सुरक्षा संगठनलाई ‘हाई अलर्ट’अवस्थामा राखिएको छ। अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने अहिले सुरक्षा परिषदको बैठकमा व्यस्त छन्।

सुरक्षा परिषदको बैठकमा मुलुकमा संकटकाल लगाउने विषयमा छलफल भएको बताइएको छ। सुरक्षा अधिकारीको ब्रिफिङपछि मात्रै यसबारे ठोस निर्णय आउने बुझिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्