कुन संवैधानिक निकायमा को सिफारिस ?

लोकपाटी न्यूज

काठमाडौँ — सरकारले आइतबार संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएको व्यक्तिहरुको नाम दर्ता गराएको छ। संवैधानिक परिषद्को पुरानो मितिको निर्णयअनुसार दर्ता गरिएका नामावलीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई तथा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरको नाम सिफारिस गरिएको छ । कुन आयोगमा को सिफारिस गरिएका छन्।
गत मंसिर ३० गते भएको निर्णय पुस ५ गते बल्ल सार्वजनिक भएको छ। परिषद्ले गरेका निर्णयहरु अब संसदीय सनुवाइ बेगर नै अगाडि बढ्नेछन्। तर नियुक्तीका लागि ४५ दिनसम्म कुर्नुपर्नेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमूख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएका छन भने सदस्यहरुमा जयबहादुर चन्द र किशोर सिलवाल रहेका छन। निर्वाचन आयोगको प्रमूख आयुक्तमा रामप्रसाद भण्डारीलाई सिफारीस गरिएको छ भने सदस्यहरुमा जानकी तुलाधरलाई सिफरिस गरिएको छ। राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरलाई सिफारिस गरिएको छ भने सदस्यहरुमा मनोज दवाडी, सूर्य ढुङ्गेल, लिली बस्नेत ठाकुरलाई सिफरिस गरिएको छ। त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यहरुमा जुद्द गुरुङ र अम्मरराज मिश्रलाई सिफारिसको निर्णय गरिएको छ।
महिला आयोगको अध्यक्षमा कमला पराजुली र सदस्यहरुमा कृष्णकुमारी पौडेल, विद्याकुमारी सिन्हा, राष्ट्रिय दलित आयोगको अध्यक्षमा देबराज विक र सदस्यहरुमा मीना सोब र पर्शुराम रम्तेल, मोहेले पार्की र तुन्जीलाई सिफारिस गरिएको छ, त्यस्तै समावेशी आयोगमा अध्यक्षमा रामप्रसाद खत्री र सदस्यहरुमा रामचन्द्र जोशी, रामकृष्ण तिमिल्सिना र हरिदत्त जोशीलाई सिफारिस गर्ने निर्णय गरिएको छ। आदिवासी जनजाती आयोगको अध्यक्षमा रामबहादुर थापा र सदस्यहरुमा मिनश्रिस मगर, मेन्चुङ लामा, रिना राना, चरण राईलाई सिफारिस गरिएको छ। मदेशी आयोगको सदस्यहरुमा जिवत्स साह,रेणुदेवी साह, विजय गुप्तालाई सिफारिस गरिएको छ भने थारु आयोगको सदस्यहरुमा विकास चौधरी, वविता चौधरी, सुवोध सिंह र भोलाराम चौधरीलाई सिफारिस गरिएको छ। त्यस्तै मुस्लिम आयोगका सदस्यहरुमा महमुद्दिन अली र मिर्जा अरसद बेगलाई सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्