संसदकाे बिघटन गर्नु गणतन्त्रमाथि प्रहार : वामदेव गाैतम

Bamdev Gautam cpn leader
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम गलत र भत्सर्नायोग्य रहेको बताएका छन्।

संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्नु गलत र भत्र्सनायोग्य रहेको गौतमले आइतबार एक विज्ञप्ति जारी गर्दै बताएका हुन्।

‘यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त पार्ने छ,’ उनले भनेका छन्।
यसअघि गौतमले संसद बिघटनको कदम ठीक वा बेठीक भन्ने पक्षमा आफू नरहेको बताएका थिए। पर्ख र हेरको रणनीतिमा रहेका गौतमले संसद बिघटनको घोषणापछि मुख खोलेका छन्।

यता गृहमन्त्री रामबहादुर थापा बादलले सरकारबाट राजीनामा नदिने भएका छन्। प्रचण्ड–माधव नेपाल समूहका मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेको बेला बादलले भने राजीनामा नदिने भएका हुन्। बादलले राजीनामा नदिने भएपछि गौतम पछि हटेको हुनसक्ने विश्लेषण गरिएको छ।

Bamdev Gautam note