देश एकचोटी फेरि प्रयोगशाला भएको छ !

Dr achutshali ghimire
लोकपाटी न्यूज

डा.अच्युत शाली घिमिरे

माफगरिदिनुस्
ति हातहरुलाई
जस्ले
यिनै नेताहरुलाई
चुनावमा छानी छानी
भोट हालेका थिए,
माफ गरिदिनुस्
ति मगजहरुलाई
जो
यिनीहरुले केही गरिहालान्
कि भनेर सोच्न विवश
भएका थिए,
माफ गरदिनुस्
ति नागरिकता र
मतदाता कार्डहरुलाई
जस्ले तपाईलाई
एउटा नागरिक भन्दा
बढ्ता मतदाता मात्र बनायो,
माफ गरिदिनुस्
तपाईले भिरेका
हँसिया-हतौडा अंकित
क्याप टोपी र
चार तारा अंकित टिसर्टहरुलाई
जो आज गुमनाम छन्,
माफ गरिदिनुस्
तपाई क्रियाशील सदस्य रहेको
विद्यार्थी,युवा,शिक्षक,पत्रकार,कर्मचारी र ठेकदार संघहरुलाई
जो हुकुमी शासनको
बफादारी मात्र गर्न सक्छन्।

 

सहि रहनुस्
धर्मको वमन गराउने
होलि वाईनहरुलाई
ब्रह्मलुट मच्चाउने
यति र ओम्निहरुलाई,
सहिरहनुस्
हातधुने बाहानामा
गरिबी बेच्ने
एनजिओहरुलाई,
सहिरहनुस्
देश लुट्नकै लागि
प्रयोग भएका
लोकतन्त्र,संघियता र गणतन्त्रहरुलाई,
सहिरहनुस्
राहतको नाममा
शहिदको रगत
जनताको पसिना र
पूर्खाको बलिदान
बेच्ने हनुमानहरुलाई,
सहिरहनुस्
यो महामारीमा
गहिरिईएको
मजदूरको भोको पेट र
लम्बिएको पैदलयात्रीको दूरीलाई,
सहिरहनुस्
प्रधानमन्त्री ज्यूका
कोरोना रुपी फ्याट्टीय तत्त्वहरुलाई,
सहिरहनुस्
लकडाउनमा शकुनी खेल रच्ने
सिंहासनहरुलाई,
एकता भाड्न
सहिछाप लगाउने शितलनिवासहरुलाई!

 

अनि
एउटा कुरा बुझिदिनुस्
तपाईको माफ गर्ने र
सहिदिने आदत कै कारण
अध्यादेश ल्याउने र
फिर्ता हुने नाममा
देश एकोचोटी फेरि प्रयोगशाला
भईसकेको छ
संसद विघटनको
स्वार्थी प्रयोग गर्नखोजिएको छ!
र तपाई अर्थात ‘जनता’को
बहुमुल्य मत दुरुप्रयोग भईरहेछ।
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्