संविधानविदसँग छलफलमा सभामुख, विशेषाधिकार प्रयोग गर्लान् ?

agni_sapkota
लोकपाटी न्यूज

काठमाडौं। सरकारले संघीय संसद विघटन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटा आफ्नो भावी कदमका विषयमा विज्ञहरुसँग छलफलमा जुटेका छन्।

सभामुख निकट स्रोतका अनुसार उनले संसदमा रहेका दलहरु, संविधानका विज्ञ र सांसदहरुसँग छलफल गर्दैछन्। ‘संसदमा रहेका दलहरु र बहुमत सांसदहरु संविधानको धारा १०३ प्रयोग गरौं भन्दै आए भने के गर्ने भनेर सभामुख विज्ञहरुसँग छलफलमा हुनुहुन्छ’, सचिवालय स्रोतले भन्यो।

सर्वोच्चले उल्टाएको थियो मनमोहनको संसद बिघटनको घोषणा

संविधानको धारा १०३ मा संसदको विशेषाधिकार सम्बन्धी व्यवस्था छ। ‘यस संविधानको अधिनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ। यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन’, संविधानको धारा १०३ को उपधारा २ मा भनिएको छ।

त्यसैगरि धारा १०३ कै उपधारा ७ मा भनिएको छ – विशेषाधिकार हननलाई संघीय संसदको अवहेलना मानिनेछ र कुनै विशेषाधिकारको हनन भएको छ वा छैन भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ।

सभामुखले संविधानमा उल्लेखित विशेषाधिकार प्रयोग गर्न सक्ने वा नसक्ने, कुन अवस्थामा सक्ने वा सभामुखले यो अधिकार प्रयोग गरेर अधिवेशन नै आह्वान गरेको अवस्थामा अदालतमा मुद्दा परे के हुन्छ ? भन्ने जस्ता विषयलाई सभामुखले विशेष चासो राखेर संविधानविद, कानुनविदहरुसँग छलफल गरिरहेका छन्।

यो पनि पढ्नुस्

संसद बिघटनबारे संविधानमा के छ ?

राष्ट्रपतिद्वारा संसद विघटनको घोषणा

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्