ओलीसँग मन्त्री ज्ञवालीको आक्रोश : असंवैधानिक निर्णयले मान्यता पाउँदैन’

pradip kumar gayali
लोकपाटी न्यूज

काठमाडौं, ५ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट मन्त्रीहरुलाई समेत नसोधी संसद बिघटनको प्रस्ताव गरेपछि उनीनिकट मानिएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आक्रोशित भएका छन्। सरकारले अन्य बिकल्प हुँदाहुँदै असंवैधानिक र अलोकप्रिय निर्णय लिन नहुने भन्दै उनले मन्त्रिपरिषद बैठकमै ओलीको प्रतिवाद गरेका थिए।

मन्त्रिपरिषद बैठकमा मन्त्री ज्ञवालीले यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि संसद विघटन गर्न नहुनेमा जोड दिएका थिए। ज्ञवालीले संसद विघटनको निर्णयमा पुग्नुअघि कानूनी र राजनीतिक वैधता हेर्नुपर्ने भन्दै ओलीलाई रोक्ने कोसिस गरेका थिए।

आइतबार बिहान अकस्मात मन्त्रिपरिषद बैठकको आव्हान भएपछि मन्त्रीहरुमा एकखालको कौतुहलता थियो। धेरै मन्त्रीहरुले प्रधानमन्त्रीले किन बोलाए भन्दै बालुवाटार पुगे। बालुवाटार पुग्दासम्म उनीहरुले प्रधानमन्त्रीले संसद बिघटनको प्रस्ताव ल्याउलान् भन्ने सोचेका थिएनन्।

यस्तै कृषिमन्त्री घटश्याम भुसालले पार्टी विवाद समाधानको उपाय खोज्न छाडेर विघटनको विकल्पमा जान नहुने बताएका थिए। ‘विवाद समाधानको उपाय खोजौं’, भुसालले भने, ‘विघटनको विकल्पमा नजानुस्।’’

अरु मन्त्रीहरुले ओलीको प्रतिवाद गर्नु स्वाभाविक भए पनि ओलीनिकट मानिएका मन्त्री ज्ञवालीले प्रतिवाद गर्नुलाई महत्वका साथ हेरिएको छ। उनले प्रष्ट शब्दमा ओलीको कदमलाई असंवैधानिक भनेको एक मन्त्रीले बताए।