संसद् विघटनको सिफारिस प्रतिगामी कदम होः नारायणकाजी श्रेष्ठ

Narayankaji
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस निरंकुश र परिवर्तनविरोधी प्रतिगामी कदम भएको बताएका छन्। श्रेष्ठले सरकारको उक्त सिफारिस गैरसंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र परिवर्तन विरोधी भएको भन्दै यो लागू हुन नसक्ने बताएका हुन्।

सरकारको संसद् विघटन गर्ने निर्णयविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर शक्ति एक हुनसमेत श्रेष्ठले आग्रह गरेका छन्।

‘आज प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस गैरसंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो। यो लागु हुन सक्दैन,’ समाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले भने, ‘यसको विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं।’