काठमाडौं, ५ पुष, नेपाल मामिलाका जानकार भारतिय एसडी मुनीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा एक ट्वीट गर्दै संसद विघटन गर्ने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीका लागि आत्मघाती हुने बताएका छन् ।
उनले लेखेका छन्, “शक्तिमा सधैं आफू रहिरहने उद्देश्यले संसद विघटन गर्ने केपी ओलीको निर्णयले नेपाली राजनीतिलाई थप खण्डित र ध्रुवीकृत गर्ने मात्र होइन यसले अन्ततोगत्वा उहाँको भविष्य र महत्वाकाँक्षालाई पनि ध्वस्त पार्नेछ। आश्चर्य लागिरहेको छ, के उहाँ सामन्ती शक्तिसँग त गठबन्धन गर्ने योजनामा रहनु भएको छैन? ”




लोकपाटी न्यूज

