दाङ। पूर्वसभामुख कृष्णबहादुर महराले संसद् विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस संविधानभन्दा बाहिर रहेको बताएका छन्।
आइतबार मन्त्रपरिषद् बैठकले राष्ट्रपति समक्ष संसद् विघटनको सिफारिस गरेपछि प्रतिकृया दिँदै पूर्वसभामुख महराले संसद् विघटन र मध्यावधिको प्रावधान संविधानमा नरहेको स्पष्ट पारे।
महराले भने, ‛प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस नगरी संसद्मै सबै कुराको सामना गर्नुभएको भए राम्रो हुने थियो।’



लोकपाटी न्यूज

