संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिन प्रचण्डसहितका नेताहरु बालुवाटारमा

prachanda-2
लोकपाटी न्यूज

काठमाडौं, ५ पुष। नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुको बैठकले संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय लिएको छ। प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले सो निर्णय गरेको हो।
यसैबीच संसद विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । केहीबेरअघि प्रचण्ड बालुवाटार प्रवेश गरेका छन्।

आईतबार विहानको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा ओलीले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेका थिए। यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्