प्रचण्ड-नेपाल पक्षधर युवा र विद्यार्थी प्रदर्शनको तयारीमा

Prachanda_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपाको प्रचण्ड-नेपाल पक्षका विद्यार्थी र युवा संगठनले काठमाडौंमा विरोध जुलुस निकाल्ने भएका छन्। संसद् विघटनको सिफारिस गरेको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा विरोध जुलुस निकाल्ने तयारी गरेका हुन्।

प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिने स्थायी कमिटी सदस्य अस्टलक्ष्मी शाक्यले बताइन्। नेकपाभित्रको विवाद चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहानै मन्त्रिपरिषद्को बैठक डाकेर संसद् विघटनको सिफारिस गरेका हुन्।

नेपाल प्रहरीले सरकारको कदमविरुद्ध विरोध हुन सक्ने आकलन गर्दै देशभरका आफूमातहतका निकायलाई अलर्टमा रहन निर्देशन दिइसकेको छ भने सेनाको पीएसओ बैठक बसिरहेको छ। सशस्त्र प्रहरीसमेत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठकमा छ।