काठमाडौं। पोखरामा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलन सुरु गरेका छन्। ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरुले आन्दोलन सुरु गरेका हुन्।
पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरेका छन्।
प्रधानमन्त्री केपी ओलीले संविधानमाथि ‘कू’ गरेको भन्दै चरणवद्ध आन्दोलन सुरु भएको उनीहरुले बताए।



लोकपाटी न्यूज

