संसद विघटनको प्रस्तावपछि नेकपा संसद छलफलमा

Nekapa-samsadiya-dal
लोकपाटी न्यूज

काठमाडौं, ५ पुष, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि यस विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका हुन् ।
त्यस्तै,संसद् विघटनका लागि राष्‍ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णयको विरोधमा विवेकशील साझा पार्टीले बालुवाटारमा प्रदर्शन गर्ने भएको छ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद् चरम उत्कर्षमा रहेका बेला प्रधानमन्त्रीले आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएर संसद विघटनका लागि सिफारिस गरेका थिए।

अहिले प्रधानमन्त्री सोही सिफारिस लिएर प्रधानमन्त्री शीतल निवासमा छन्। प्रधानमन्त्रीको यो कदम सरासर गलत र राष्ट्रघाती भएको आरोप लगाउँदै विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले केहीबेर अगाडि विज्ञप्तिसमेत जारी गरेका थिए।

सो विज्ञप्ति जारी गरेको केहीबेरमै अध्यक्ष मिश्रले बालुवाटारमा दिउँसो ३ बजे विवेकशील साझाले प्रदर्शन गर्ने जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीको राष्ट्रघाती कदमका विरूद्ध विवेकशील साझा पार्टीको अहिले दिउँसो ३ बजे बालुवाटारमा प्रदर्शन गर्ने सामाजिक सञ्जाल फेसबुकमा उनले लेखका छन्।