राष्ट्रपतिका सल्लाहकारले भने, ‘संसद् विघटनको सिफारिस फिर्ता गर्न मिल्दैन’

Bidhya_Devi_Bhandari
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले संसद विघटनसम्बन्धि सिफारिस फिर्ता हुने सम्भावना नरहेको बताएका छन्। उनले मन्त्रिपरिषदबाट औपचारिक रुपमा निर्णय भई राष्ट्रपति समक्ष आएको उक्त सिफारिस फिर्ता हुने सम्भावना नरहेको बताएका हुन्।

सत्तारुढ दल नेकपा र विपक्षी दलहरुले प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतिले फिर्ता गर्नुपर्ने माग गरिरहेका छन्। सल्लाहकार यादवले मन्त्रिपरिषदबाट प्राप्त सिफारिस फिर्ता गर्न नमिल्ने बताए। ‘प्रधानमन्त्रीबाट औपचारिक रुपमा आएको सिफारिस फिर्ता गर्न मिल्दैन’ उनले भने, ‘यस्तोमा विवेकभन्दा संवैधानिक प्रावधान हाबी हुन्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संसद बिघटनको प्रस्तावलाई मन्त्रिपरिषदको बैठकबाट सिफारिस गरेका छन्। बैठकमा प्रधानमन्त्री ओलीले कसैको कुरा सुनेनन्। उनले औपचारिकताका लागि मात्र मन्त्रिपरिषदको बैठक बोलाएका थिए। अधिकांश मन्त्रीहरु नपुग्दै उनले संसद बिघटनको प्रस्ताव गरिसकेका थिए।

मन्त्रिपरिषदले स्रसद बिघटनको सिफारिस गरेपछि राष्ट्रिय राजनीति पेचिलो बनेको छ। आफ्नै पार्टीको एकल बहुमतको सदुपयोग गर्न नसक्दा ओली स्रसद बिघटनको आत्मघाती कदममा पुगेका छन्। मन्त्रिपरिषदको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारी स्वीकृत गरेमा नेपालको संसद बिघटन हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्