कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक

congress_padhadikari
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। सरकारले संसद विघटनका लागि सिफारिस गर्ने निर्णय गरेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ। बैठक सभापति शेरबहादुर देउवा निवास वुढानिलकण्ठमा दिउँसो १ बजे बस्ने गरी बोलाईएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्रीको कदमबारे धारणा बनाउन र अबको बाटो तय गर्न बैठक बस्न लागेको हो। नेकपाका नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बैठक बसिरहेका छन्। आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठक संसद विघटनको सिफारिस गरेको थियो।