ओलीविरुद्ध पार्टीले कठोर निर्णय लिन्छः झलनाथ खनाल

Jhalanath_Khanal
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेपछि नेकपाभित्रैबाट त्यसको तीव्र विरोध भएको छ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीको लोकतन्त्रविरोधी कदमको डटेर सामना गर्ने बताए। उनले सरकारको संसद् विघटन गर्ने निर्णयको राजनीतिक र संवैधानिक अधिकार प्रयोग गरेर विरोध गर्ने बताए।

प्रधानमन्त्री केपी ओलीको कदम देश, संविधान र पार्टी विरोध कदम भएकोले सिंगो पार्टी ती कदमको डटेर लड्ने बताए। खनालले भने, ‘आज स्थायी कमिटि बैठक पनि बस्दै छ, त्यसले आवश्यक निर्णय गर्छ।’

के स्थायी समिति बैठकले ओलीलाई कार्बाही गर्ने निर्णय गर्छ भन्ने प्रश्नमा उनले भने, ‘अझै पनि केही समय बाँकी छ। संसद विघटनको सिफारिस फिर्ता भएन भने ओलीविरुद्ध पार्टीले कठोर निर्णय लिन्छ।’