काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको प्रस्ताव संविधान र राष्ट्रहित विपरीत भएको बताएका छन्। सरकारको उक्त प्रस्ताव अस्वीकार गर्न पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह समेत गरेका छन्।
प्रधानमन्त्री केपी ओलीले आज बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर संसद विघटन गर्ने सिफारिस गर्नु लोकतान्त्रिक गणतन्त्रको स्थायित्वको दिशामा दुर्भाग्य भएको बताए। ‘मन्त्रीपरिषदबाट संसद विघटनको सिफारिस भएको सूचना प्राप्त भएको छ। यो संविधान विपरीत छ, लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्रहित विपरीत छ,’ उनले भनेका छन्, ‘राष्ट्रपतिले कुनैपनि हालतमा स्वीकार गर्न हुन्।’
अहिलेको संविधान अनुरुप संसद विघटन नगर्न नमिले पौडेलले बताए। उनले प्रधानमन्त्री ओलीको उक्त कदमको भत्सर्ना समेत गरे। ‘देशलाई अस्थिरितातिर धकेल्ने यो कदमको म घोर भत्सर्ना गर्छु,’ उनले भनेका छन्, ‘अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन। यो फिर्ता गर्नु पर्दछ।’



लोकपाटी न्यूज

