काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्नका लागि शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद बैठक सकिए लगतै प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन।
प्रधानमन्त्रीलाई भेट्न पुगेका प्रचण्डले करिब ३० मिनेट पर्खिए पनि ओलीले प्रचण्डलाई भेट नगरी सिफारिस लिएर राष्ट्रपति भवन गएका हुन्। राष्ट्रपतिले सिफारिश अनुसार विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ र त्यसपछि सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी समेत नेकपाकै अर्को पक्षले गरिरहेको छ।
ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए। तर ओलीले अध्यक्ष प्रचण्डलाई भेट दिएनन्। त्यसपछि प्रचण्ड खुमलटार फर्किएका छन्। विकसित घटनाक्रमबारे खुमलटारमा अध्यक्ष प्रचण्डसहितका नेताहरुको केहीबेरमा छलफल हुनेछ। अहिले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डबीच छलफल भइरहेको छ।



लोकपाटी न्यूज

