काठमाडौं। सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको सिफारिस गर्ने सरकारको निर्णको विरोध गरेका छन्। प्रवक्ता श्रेष्ठले सरकारको उक्त निर्णय असंवैधानिक भएको पनि बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए। यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो। तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिँदै संसद विघटनको सिफारिस गर्ने निर्णय गरेका छन्।
नेकपा प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको उक्त निर्णयको चर्को विरोध गरेका छन्। उनले भने, ‘मैले भर्खरै सुने कि मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्रीहरु पनि उपस्थित नहुँदै प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जाने भनेर घोषणा गर्नुभयो रे। यो गैर अलोतान्त्रिक र नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय हो, यो लागू हुन सक्दैन।’



लोकपाटी न्यूज

