काठमाडौं। नेपालमा योजनाबद्ध विकासको क्रम विक्रम संवत् २०१३ मा प्रारम्भ गरिएको हो। विगतका ६० वर्षमा नौवटा पञ्चवर्षीय र पाँचवटा त्रिवर्षीय योजना कार्यान्वयन भइसकेका छन्। यस अवधिमा विभिन्न विकास निर्माणका काम सञ्चालन गरिए पनि आमनागरिकको अवस्थामा उल्लेखनीय परिवर्तन हुन सकेको पाइँदैन।
वर्तमान जननिर्वाचित सरकारले आर्थिक वर्ष २०७६/०७७-२०८०/८१ का लागि पन्ध्रौँ पञ्चवर्षीय योजना कार्यान्वयनमा ल्याएको छ। प्रस्तुत योजनाले ‘समृद्ध नेपाल, सुखी नेपाली’सहितको दीर्घकालीन सोचसमेत तय गरेको छ। यसअनुरूप आगामी दिनमा संघ, प्रदेश र स्थानीय सरकारले विकास निर्माणका कार्यलाई अविरल रूपमा निरन्तरता दिनुको विकल्प देखिन्न।
यो पञ्चवर्षीय योजनाले पहिचान गरेको दीर्घकालीन सोचमा (१) विसं २०७९ सम्ममा नेपाललाई अल्पविकसित देशबाट विकासोन्मुख देशका रूपमा स्तरोन्नति गर्ने, (२) विसं २०८७ सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने र (३) विसं २१०० मा विकसित देशको स्तरमा पुर्याउने लक्ष्य छन्।
पन्ध्रौं पञ्चवर्षीय योजनाको पूर्णपाठः
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2020/12/पन्ध्रौं-योजना-अध्ययन-गर्नुस-है-.pdf”]



लोकपाटी न्यूज

