धनकुटा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुको शनिबार धनकुटामा भेला सम्पन्न भएको छ। देशभर गुटगत भेला भइरहेको बेला धनकुटामा ओली पक्षीयको गोप्य भेला भएको हो।
धनकुटामा भएको ओली पक्षीय भेला नेकपा धनकुटा अध्यक्ष तथा संघीय संसद राजेन्द्र कुमार राई, सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंकबहादुर चुहान, सचिवालय सदस्य तथा जिसस धनकुटा सदस्य शिव आङ्ला, सचिवालय सदस्य नैन विश्वकर्मा, कार्यालय सचिव भीम राई लगायत केही पूर्व माओवादी पक्षका प्रदेश तथा जिल्लास्तरीय नेताहरुको सहभागिता रहेको भेलामा सहभागी एक नेताले जानकारी दिए।
ती नेताले पार्टीभित्र देखिएको अन्तरविरोधको विषयमा छ्लफल गरिएको र जिल्लामा एक हुने विषयमा छलफल भएको जानकारी दिए। ती नेताका अनुसार भेलामा सहभागी पूर्व माओवादीका नेताहरुले सैद्धान्तिक बहस आफ्नो ठाउँमा रहेको र पार्टीको धेरै समय बोकेको हुनाले अब आफूलाई सहयोग गर्ने नेतालाई सघाउने बताएका थिए।
जिल्लामा पार्टी एक हुने भनेर छलफल गरिएको भएपनि भेलामा प्रचण्ड-माधव पक्षीय नेताहरूको सहभागिता रहेको थिएन। त्यसो त भेलामा ओली पक्ष मानिने प्रदेश सांसदहरु इन्द्रमणी पराजुली र निरन राईको सहभागिता भने रहेको थिएन। प्रचण्ड-नेपाल पक्षीय नेताले पराजुली र राई धनकुटाका गाउँ गाउँमा गुट बनाउन लागेको आरोप लगाएका छन्।
त्यसो तधनकुटामा पार्टी एक हुने भनेर छलफल गरेको भनिए पनि प्रदेश सांसद निरन राईले धनकुटामा ओली पक्षीय गुटको नेतृत्व धनकुटा पार्टी अध्यक्ष राजेन्द्र राईले गर्ने भनेर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई जानकारी गराएको बताइएको छ।



लोकपाटी न्यूज

